भोटेकोसी बाढीमा बेपत्ता जनक शाहको खोजीका लागि वडाबाट १५ हजार सहयोग

 २० घण्टा अगाडि

तुलसीपुर । भोटेकोसी नदीमा आएको भीषण बाढीका क्रममा बेपत्ता भएका तुलसीपुर–११ नवलपुर निवासी जनक शाहको खोजीका लागि वडाले १५ हजार रुपैयाँ सहयोग गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले जनकका बुवा हरिबहादुर शाहलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

बेपत्ता जनक शाहको खोजी तथा परिवारलाई आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट सहयोग गरिएको वडाध्यक्ष रावतले बताए। परिवारले जनकको खोजीका लागि निरन्तर पहल गरिरहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया