आजदेखि पर्सिसम्म वर्षा हुने सम्भावना

 १९ घण्टा अगाडि

काठमाडौं । मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन् । आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली बाँकी रहेको, बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ्ने भएको हो ।

मौसमविद पोखरेल भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दाखेरि लगभग दशैंको घटस्थापनाको अघिल्लो दिनसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।’ दशैंको घटस्थापनाको दिन भने पानी पर्ने क्रम अलि कम हुने उनको अनुमान छ ।

तपाईंको प्रतिक्रिया