तुलसीपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु
तुलसीपुर । तुलसीपुरमा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । ज्यान जानेमा सल्यान शारदा नगरपालिका २ खलङ्गा घर भई हाल तुलसीपुर ५ रानीजरुवामा कोठा भाडा गरी बस्ने पप्पु नेपालीका छोरा अंन्दाजी २ बर्षिय आयन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुर ७ गैरापातुस्थित झोलुङ्गे पुल नजिकै आज बुधवार विहान लु.प्र.०२–००१ क ०००४ नम्बरको स्कुल बसले ठक्कर दिदा पैदलयात्री बालक गम्भिर घाईते भएका थिए । बसको ठक्करबाट गम्भिर घाईते भएका बालकलको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो । घटनापछि प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।




तपाईंको प्रतिक्रिया