डाका मुद्दामा २७ वर्षपछि पक्राउ

 चैत २८, २०७७

कञ्चनपुर ।

डाका मुद्दाका फरार प्रतिवादी कञ्चनपुरको परासनका बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको २०५० असार ३ गतेको फैसलाअनुसार ६ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका बारदातमा संलग्न रहेका थिए। सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए ।

तपाईंको प्रतिक्रिया