प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा कोरोना देखियो
तुलसीपुर,६ असार ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षण गर्दा दाङका ४ सहित १३ जनामा कोरोना पुष्टि भएको छ । ५६१ नुमना परिक्षण गर्दा प्युठान ८ र रुकुम पश्चिमका १ जना गरि १३ जनामा कोरोना पुष्टि भएको हो । प्रतिष्ठानमा कार्यरत घोराही २ का ४२ बर्षिय पुरुष, घोराही ५ का २५ बर्षिया १ जना महिला, घोराही १५ का १ जना महिला र बुटवल ठेगाना भएका ३९ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, रुकुम पश्चिमको २० वटा नमुना परिक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा मुसीकोट नगरपालिका १२ बस्ने ३३ बर्षिय एक पुरुष रहेका छन् । यस्तै प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्वर ५ का ५ जना र स्वर्गद्धारी नगरपालिका १ का तिन जना पुरुष रहेका छन् ।
तपाईंको प्रतिक्रिया