शिक्षकबाट प्रधानाध्यापक हुदै अस्पतालको अध्यक्षसम्म

 माघ ०२, २०७७

पदम प्रसाद न्यौपाने


जीवन भनेकै एकान्त हो । एकान्तको अर्थ हुन्छ एक अन्त अर्थात एक लक्ष्य । लक्ष्य समयले नै निर्धारण गर्दछ । तसर्थ, समयसँग खेलवाड गर्नु भनेकै ठूलो मूर्खता हो । पैसा गुमाए कमाउन सकिन्छ । तर, समय गुमाए कहिल्यै पाउन सकिदैन । समयसँगै ज्यूँन सिक्नु नै आफू खुसी हुनु हो । जो मान्छे आफैँसँग खुसी हुँदैन त्यसले अर्काको खुसी देख्नै चाहदैन । खुसी आत्माबाट हुन्छ ।
जीवनको वास्तविकता बुझ्नेहरू चुनौतिसँग हरबखत लडिरहेका हुन्छन् । समयानुकूल आफूलाई ढाल्दै समयको रप्mतारसँगै हिड्ने वीरहरू कहिल्यै पनि दुखी हुँदैनन् । आफ्नो लक्ष्यमा तिनै वीरहरू पुग्न सफल हुन्छन् जसले समयलाई राम्ररी चिन्न सकेका हुन्छन् । यस्तै समयको मझधारबाट आफ्नो लक्ष्यमा पुग्न सफल जसले जीवनमा निराशा होइन सदैव आशा जगाउन सफल भयो र, जीवनमा धैर्यता जगाएर सदैव मुस्कुराउन सिक्यो आज त्यही व्यक्ति शिक्षा तथा समाजसेवाको क्षेत्रमा छुट्टै धरातल बनाउन सफल भएको छ । उहाँ हुनुहुन्छ सफल शिक्षक तथा समाजसेवी पदमप्रसाद न्यौपाने ।

दाङ जिल्लाको ग्रामीण बस्ति तु.उ.न.पा. १९ संक्राम भन्ने ठाउँमा वि.सं.२०२० असोज ११ गते पिता टिकाराम न्यौपाने र माता जानकी न्यौपानेको कोखबाट पदमप्रसाद न्यौपानेले जन्म लिनु भएको थियो । शिक्षा क्षेत्रको एक चिरपरिचित व्यक्तित्व न्यौपाने हाल तुलसीपुर —१८, हेमन्तपुरमा स्थायी बसोवास गर्दै आउनुभएको छ । न्यौपानेका २ छोरा र श्रीमती गरी हाल ४ जनाको परिवार छ । साधारण किसान परिवारमा जन्मिएका न्यौपानेको बाल्यकालको अवस्था विविध आरोह र अवरोहका साथ गाउँमै बित्यो । गाउँका पाखापखेरीमै आफ्नो बाल्यकाल बिताएका न्यौपानेले सुखसुविधा कहिल्यै पाउनु भएन । विविध चुनौतिहरूलाई सामाना गर्दै त्यहीको माटोमा हुर्किनु भयो । त्यहीँको धुलोमा बाह्र खरी लैख्दै बाल्यकाल बिताएका न्यौपानेले कक्षा ३ सम्म संक्राम स्कूलमै पढेको र त्यसपछि मा.वि. सम्म बिजौरीमा अध्ययन गरेको बताउनुहुन्छ ।

२०३७ सालमा एसएलसी दिएका न्यौपानेको बोर्डपरीक्षा त्यो वर्ष सफल हुन सकेन । पुन: २०३९ सालमा एस.एल.सी.उत्तीर्ण गरेका न्यौपाने लगत्तै विवाह बन्धनमा बाँधिन पुग्नुभयो । घर व्यवहारले चाप्दै गयो । पारिवारिक गर्जो टार्न आफू पढेकै स्कूल संक्राममा पढाउन थाल्नु भयो । केही समय त्यहाँ पढाएर उहाँ रोल्पाको तालावाङमा शिक्षणको सिलसिलामा पुग्नुभयो । अध्यापन गर्दैगर्दाउहाँले प्राथमिक तहको आयोग दिनुभयो । भाग्यले साथ दिँदै गयो । स्थायी भएर वीरभद्र मा.वि. थवाङमा उहाँको नियुक्ति भयो । आफ्नो अध्यापन कार्यलाई निरन्तरता दिँदै उहाँले माध्यमिक तहको आयोग पनि दिनु भयो । वि.सं. २०५२ सालमा माध्यमिक तर्फको आयोगमा उहाँको नाम निस्कियो । त्यसपछि वि.सं. २०५२ साल कार्तिक १ गतेदेखि अरनिको मा.वि. नुवागाउँमा उहाँले शिक्षण गर्न थाल्नुभयो ।

जीवनका अनेक उकाली ओह्रालीहरू पार गर्दै उहाँले करिव ८ बर्षसम्म नुवागाउँमा शिक्षण गर्दैजाँदा सोही विद्यालयमा प्रधानाध्यापक भएर पनि काम गर्नुभयो । त्यसै सिलसिलामा राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य, सहसचिव, सचिव र सल्लाहकार पनि भएर काम गर्नुभयो । नुवागाउँमा अध्यापन गर्दै गर्दा रोल्पा जिल्लाको राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बन्नु भएका न्यौपाने तत्कालीन माओवादीहरूको शिकार पनि बन्नु भयो । त्यसवेला माओवादीको शसस्त्र द्वन्द्व चर्किरहेको थियो । उहाँलाई त्यहाँ बसेर काम गर्ने असहज वातावरण भएकोले दाङमा सरूवा गराउनु पर्ने वाध्यता भयो । सरूवा भएर तत्कालीन दाङको काभ्रे गाविस हालको वंगलाचुली गाउपालिकाको कमिरे भन्ने ठाउँको निम्न माध्यमिक विद्यालय कमिरेचौरमा आउनु भयो । प्र.अ.भएर काम गरिसकेको मान्छेआरपीको रूपमा काम गर्नुप¥यो । त्यो बेलामा उहाँले माविको द्वितीय श्रेणीमा परीक्षा दिनुभएको रहेछ । त्यसपछि लोकमणि आचार्यको अनिवार्य अवकाश पश्चात रिक्त दरवन्दीमा हालको अमरमावि उरहरीमा उहाँ सरूवा भएर आउनुभयो ।

एवम् क्रमले दिन बित्दै जाँदा माध्यमिक तहको प्रथम श्रेणीको अन्र्तवार्ता दिन उहाँ नेपालगन्ज जानुभयो । वि.सं. २०६३ सालमा मा.वि. द्वितीय श्रेणीमो बढुवा भएपछि २०६७ सालदेखि विद्यालयको प्र.अ. भएर काम गरेको उहाँ बताउनुहुन्छ । उदेश्य विनाको जीवनको कुनै काम छैन । त्यसैले महान् काम गर्न जीवनमा उदेश्यसँग जोडिनु पर्छ । र, उदेश्य सदैव कारणसँग जोडिएको हुन्छ । कारणविनाको उदेश्य व्यर्थ छ । कारण भनेकै कर्मसँग जोडिएको हुन्छ । तसर्थ, जीत उसैको हुन्छ जसले कर्मलाई निरन्तरता दिन जानेको हुन्छ । यस्तै निरन्तरता दिदै जानुभएका न्यौपानेले अमर मा.वि. विद्यालयमा कक्षा ११ र १२ सन्चालन गर्नुभयो ।

यस विद्यालयलाई उच्च मा.वि. बनाउने सन्दर्भमा उहाँकोअतुलनीय भूमिका रह्यो । व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालाहरूको साथ सहयोग भएकै कारण अमर मावि उरहरीलाई अमर उच्च मावि उरहरी बनाउन सफल भएको उहाँ बताउनुहुन्छ । २०७५ सालमा ३ बर्षे डिप्लोमा तह भेटनरी, पशुविज्ञान जस्ता कक्षाहरू सन्चालन गरेको विद्यालयमा पठनपाठन सहज रूपमा भइरहेको पनि छ । विद्यालय भवन निर्माण, खानेपानी ट्याङ्की निर्माण, बाख्रा पाल्ने गोठको निर्माण , व्यवसाय फर्मको निर्माण र कुखुरा पालन गर्ने फर्मको निर्माण जस्ता महत्वपूर्ण कामहरूको साथै शौचालय निर्माण गर्ने सवालमा सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै पूर्वाधारको दृष्टिकोणले विद्यालयलाई मज्बुत बनाउन सफल न्यौपानेलाई २०७२ सालमा प्रथम श्रेणीमा बढुवा हुने अवसर मिल्यो ।

समग्रमा,रोल्पा जिल्ला शिक्षा समितिले उत्कृष्ट शिक्षकको रूपमा सम्मान गरेको, अमर मावि उरहरीमा महायज्ञ लगाउँदा पाएको सम्मान , सामाजिक अध्ययन केन्द्रबाट पनि उत्कृष्ट शिक्षकको रूपमा पाएको सम्मानले आफूलाई अझै पनि उत्साहित बनाइरहेको उहाँलाई लाग्छ । हाल प्रथम श्रेणीमै रहेकै अवस्थामा स्वेच्छिक अवकाश लिएर निवृत्त जीवन विताइरहेकै अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्ष पदमा प्रदेश सरकारको मन्त्री परिषदले निर्णय गरेर उहाँलाई पठाएको छ । अस्पतालको स्तरन्नोति गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने , नियमित चेकजाँच गर्ने सन्दर्भमा उपकरणहरूको व्यवस्था , जनशक्ति व्यवस्थापन गर्ने , सेवाग्राहीहरूलाई अस्पतालप्रतिको अपनत्व भावना सिर्जनागर्ने जस्ता कार्यहरूको लागि उहाँले केही योजनाहरू पनि बनाउनु भएको छ । त्यही योजना अनुसार अगाडि बढ्ने उहाँकोे सोच रहेको देखिन्छ ।

एसएलसी परीक्षा दिएर अध्यापन सुरू गरेकान्यौपानेले पढ्ने र पढाउने कार्यलाई निरन्तरता दिँदै आइ.ए् , वि.ए., एक बर्षे विएड , त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा एम.ए र कीर्तिपुर क्याम्पसबाट शिक्षा संकायअन्तर्गत पाठ्यक्रम तथा मूल्यांकन विषयमा एम.एड. पनि गरिसक्नुभएको छ । अध्ययन गर्ने सिलसिलामा राप्ती विद्यामन्दिर तुलसीपुरमा विविएस तथा ११ र १२ मा अध्यापन गरेको शुरूवाती दिनहरूलाई उहाँ स्मरण गर्नु चाहानुहुन्छ । २०४४ साल मंसिर ३ मा प्राथमिक तहमा स्थायी भएर अध्यापन कार्यमा लागेका न्यौपाने २०७७ वैशाख २८ गते स्वच्छिक अवकाशको रूपमा निवृत्त हुनुभएको थियो । करिव ३२ बर्ष लामो शिक्षण क्षेत्रमा जीवन विताएका न्यापानेले यो क्षेत्रमा विभिन्न उतारचढाबहरूभmेल्नु प¥यो । पहिले आफूले पढ्ने बेला यातायातका साधनहरूको अभावकाकारण २ घण्टाको बाटोहिडेरसंक्रामबाट विजौरी स्कूलमा पढ्न आउँको दिन उहाँले सम्झिरहनुहुन्छ । एसएलसी पछि नियमित भर्ना भए पनि उहाँले कलेज पढ्न पाउनु भएन । आफ्नै अध्ययनले उच्च शिक्षा प्राप्त गर्नुभयो ।

समयले साथ दिएकै कारण आज यो स्थानमा आउन सकेको उहाँ बताउनुहुन्छ । काम गर्ने सिलसिलामा रोल्पामा रहँदा विकट ठाउँहरूमा उहाँ पुग्नु भयो । पैदलै हिडेर ती ठाउँहरूमा शिक्षक संगठनको काम गर्न थाल्नु भयो । त्यसै सिलसिलामा उहाँलेथुप्रै चुनौतीहरू पनि झेल्नु प¥यो । माओवादी द्वन्दको कारणन्यौपानेले ४२ दिनसम्म अपहरणको सास्ती खेप्नु प¥यो । शारीरिक यातना नखपे पनि मानसिक यातनाहरूउहाँले धेरै झेल्नु परेको तितो अनुभव छ उहाँसँग । आफ्नो अपहरणकै कारण माओवादी २ खेमामा बाँडिएको रहस्योदघाटन गर्दै एक पक्षले अपहरण गर्नु हुँदैनथ्यो भन्ने तर्क राखे भने एक पक्षले यस्तालाई ठिक गरे अरू आफै ठिक हुन्छन् भन्ने तर्क राखेका थिए । तर, विना कुनै गल्ती अपहरणमा परेका न्यौपानेलाई पछि छाडिएको थियो ।
अहिलेको अवस्था धेरै फरक छ । धेरैजसो मान्छेहरूमा वितृष्णा र नकारात्मक सोचको हावी हुँदै गएको पनि छ । यो कठिन परिस्थितिमा धैर्य गरेर दृढ इच्छाशक्तिका साथ अगाडि बढ्न सकियो भने पक्कै पनि सफलता मिल्छ भन्ने कुरामा उहाँ ढुक्क हुनुहुन्छ ।

प्रावि हुँदै माध्यमिक तहसम्म र फाइल बढुवाबाट प्रथम श्रेणीमा पुगिरहँदा उजुरीमा परेका न्यौपानेको धैर्यता, लगनसिलता र दृढ इच्छाशक्ति भएकै कारण फैसला आफ्नो पक्षमा भएको बताउँदै जतिसुकै विघ्नवाधाहरूमा भएपनि जुझ्न सक्ने र विषम परिस्थितिमा पनि धैर्य गर्न सक्ने हो भने मान्छे सफल हुँदो रहेछ भन्ने कुरामा उहाँ जोड दिनुहुन्छ । विशेष गरी शिक्षण पेशामा काम गर्दै जाँदा उहाँलाई राम्रै गरेजस्तो लाग्छ । तैपनि, त्यसको मूल्यांकन आफूले होइन अरूले गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै यो क्षेत्रमा आफू पूर्ण सन्तुष्ट रहेको बताउनुहुन्छ । आर्थिक रूपले जे जस्तो भए पनि आफूले पढाएका चेलाहरू ठुलाठुला ओहोदामा पुग्दा साह्रै गर्व लाग्दो रहेछ भन्ने न्यौपानेलाईआफ्नो कमाइ भनेकै गुरू र एक असल शिक्षकका रूपमा चेलाहरूले आफूलाई सम्झिनु हो भन्ने लाग्छ ।

विशेषगरी पछिल्लो अवस्थामा अस्पतालमा आइपुग्दा प्रदेश सरकार मन्त्रिपरिषद अझ भनौँ मुख्यमन्त्रीज्यूको सहयोग भएको बताउने न्यौपानेले उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै अहिलेसम्म जेजति ठाउँह रूमा काम गरियो आफूलाई आलोचित हुनु नपरेको बताउनुहुन्छ । सबैबाट त्यत्तिकै माया र प्रशंसा पाइरहेको हुँदा शिक्षा क्षेत्रमा अझै पनि केही गरौ भन्ने सपना ज्यूँदै भएको बताउँदै जागिर छोडेपनि त्यो काम अवश्य पनि पूरा गर्ने प्रतिबद्धता जाहेरगर्नुहुन्छ ।
हाल प्रादेशिक अस्पताल तुलसीपुरमा व्यवस्थापन तहको जिम्मेवारी वहन गरिरहेका न्यौपानेले आफ्नो अगाडि थुप्रै समस्याहरू भएको स्वीकार्नुहुन्छ ।

जनशक्ति व्यवस्थापन, जनशक्तिको जिम्मेवारीको बाँडफाँड र उनीहरूलाई कामप्रति उत्प्रेरित गर्नका लागि सुविधाहरू थप्ने सम्बन्धमा आफ्नो तर्फबाट प्रयासभइरहेको बताउँदै सबैखाले बिरामीहरूको उपचार ढुक्कसँग यही नै हुन्छ भन्ने विश्वास जगाउन आफू कटिबद्ध रहेको विशेषगरी महिला, जेष्ठ नागरिक , अपाङ्ग सबैलाई समेट्दै अपनत्वको भावनाको विकास गर्न लागिरहेको, संस्थागत निर्माण, यन्त्रउपकरणको सुव्यवस्था आदि हरेक क्षेत्रमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रयास भइरहेको साथै यो क्षेत्रका सबै सरोकारवालाहरूसँग हातेमालो गरेर अस्पतालको गुणस्तरीय सेवा प्रवाह गर्ने सन्दर्भमा अगाडि बढ्ने प्रण गरेको समेत बताउँदै आफूले बनाएका केही योजनाहरूलाई अगाडि सार्नुभएको छ ।

—अस्तालको अतिक्रमित जग्गा छुट्याएर पर्खाल लगाउने ।
— अस्पतालको फोहरमैला व्यवस्थापन गरी वृक्षारोपणमा ध्यान दिने ।
—बिरामीलाई अस्पताल परिसर हराभरा भएको महसुस गराउने ।
—हालको मौजूदा शैया संख्या बाट बढाएर कम्तिमा ६०० पु¥याउने ।
—बालबालिकाको लागि भेन्टिलेटर सहितको व्यवस्था ।
—विशेषगरी डक्टरहरू १० बजेदेखि ३ बजेसम्म रहेर काम गरिरहेको अवस्थामा त्यसपछि ३ देखि ५ बजेसम्म यहीँ बसेर सशुल्क सेवागर्ने व्यवस्था ।
—किडनीका बिरामीहरूको चाप बढिरहेकै अवस्थामा जनशक्ति थपेर डायलोसिस गर्ने व्यवस्थालाई प्रभावकारी बनाउने ।
—विशेषगरी ओएमएस सर्वे गरेर डक्टरहरूको दरबन्दी सृजनागर्ने ।
—हरेक डक्टर, नर्स , ल्याबटेक्निशियनहरू लगायतको दरबन्दी सिर्जना गर्ने ।
—प्रोत्साहन भत्ता , अस्पताल समितिबाट नियुक्त गरिएका कर्मचारीहरूलाइ सकेसम्म नेपाल सरकार सरह तलब दिने व्यवस्था ।
—दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई पनि बाँच्न सक्ने न्यूनतम पारीश्रमिकको व्यवस्था ।
—डाक्टरको आवासको व्यवस्था ।
—चमेना गृहको व्यवस्था आदि आदि ।


वर्तमान अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा फिजिसियन, अर्थो, गाइनो, छालासँग सम्बन्धित, नाक, कान र घाँटीसंग सम्बन्धित डक्टरहरू हुनुहुन्छ । अन्य उपलब्ध नभएका सेवाहरू पनि आफ्नो कार्यकालमा सुरूगर्ने योजना बनाएको दावी गर्नहुन्छ न्यौपाने । सक्रियतालाई उपलब्धि मान्ने भूल नगरौँ । काठको घोडा पनि पनि आफ्नो ठाउँमा दौडिरहेको हुन्छ । तर, अगाडि अलिकति पनि बढ्दैन । सक्रियता र उपलब्धिमा धेरै फरक छ । सक्रियताले उपलब्धिको मापन गर्न सक्नुपर्छ । विना उपलब्धिको सक्रियताले जीवनलाई खोक्रो बनाउँछ । तर, न्यौपानेको सक्रियता सदैव उपलब्धिसँग जोडिन पुग्यो ।

अस्पताललाई गुणस्तरीय तथा प्रभावकारी बनाउनको लागि गुरू योजना बनाएका न्यौपानेले आफ्नो जीवनलाई फर्केर हेर्दा आफू एक गरिब किसानको परिवारमा हुर्केको बताउनु हुन्छ । राम्रो विद्यालयमा पढ्न नपाएका र एसएलसी पछि नियमित रूपमा क्याम्पस पढ्न नपाएका न्यौपानेलाई सु रूवातदेखि नै शिक्षा क्षेत्रमा काम गर्ने चाहना भए पनि माथिल्लो तहसम्म जान सकिन्छ कि सकिदैन भन्ने डर पनि थियो । कतै प्रावि तहमै जीवन बित्छ कि भन्ने चिन्ताले उहाँलाई हरबखत पिरोलिरहन्थ्यो । तैपनि , आफ्नो दृढ इच्छाशक्तिले आज यो अवस्थासम्म ल्याइपु¥याउँदा आफूलाई गर्व लागेको बताउनुहुन्छ । र, आश्चर्य पनि । यदि राम्रो विद्यालयमा पढ्ने अवसर पाएको भए चिकित्सा तथा इन्जिनियरिङको क्षेत्रमा काम गर्न सक्थे हुँला भन्ने लाग्छ उहाँलाई अहिले । तैपनि माध्यमिक तहको प्रथम श्रेणीमा ४ ग्रेड खाएर स्वेच्छिक अवकास लिन सफल न्यौपानेलाई आफूले मिहेनतको फल पाएकोलाग्छ ।

जीन्दगीमा धेरै चुनौतिहरूसँग पैठेजोरी खेल्दै अगाडि बढेका न्यौपानेलाई चुनौतिसँग लड्ने बानी परिसकेको देखिन्छ । जहाँ अवसर त्यहाँ चुनौति हुन्छ नै । चुनौतिसँग लड्न नसक्ने कायर हो । कायरले कहिल्यै सफलता पाउन सक्दैन पनि । अवसरले चुनौति ल्याउँछ । चुनौति विना मान्छे अगाडि बढ्न पनि सक्दो रहेनछ भन्ने कुराको उदाहरण नै न्यौपाने देखिनुहुन्छ । शिक्षा नीतिलाई प्रभावकारी बनाउन राम्रो जनशक्तिलाई शिक्षा क्षेत्रमा प्रवेश गराउनु पर्दछ भन्ने मान्यता बोकेका न्यौपानेले अस्थायी भर्ना नै नगरी स्वत ः स्थायी द्वारा शिक्षक पदपूर्ति गर्नु पर्छ भन्ने कुरामा जोडदिँदै शिक्षा सेवा आयोगलाई लोकसेवा जस्तै स्वायत्त बनाउनु पर्दछ भन्नु हुँदैयो क्षेत्रमा हस्तक्षेप नभए शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न सकिने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।
कर्म र भाग्य दुवैमा विश्वास गर्ने न्यौपाने दुवैको आआफ्नै महत्व रहेको बताउनुहुन्छ ।

आफ्नो वास्तविक पहिचान भनेकै शिक्षा क्षेत्र भएको र आफू लामो समयसम्म एक शिक्षक भएको हुँदा पनि यो क्षेत्रलाई कहिल्यै बिर्सन नसकिने कुरा दो¥याउँदै अहिले स्वास्थ्य क्षेत्रमा विशुद्ध स्वयंसेवक भएर काम गरिरहेको र, चिकित्सा क्षेत्रको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको हुनाले हाल आफूलाई यसैबाट चिनाउन चाहाना उहाँको रहेको छ । पछिल्लो अवस्थामा समाज रूपान्तरणको प्रकृयालाई हेर्दा समयानुकूल परिवर्तन हुँदै गएको जस्तो लाग्छ । परम्परागत रूढीग्रस्त सोच र चिन्तनले समाज परिवर्तन हुन पनि सक्दैन । यसलाई बदल्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्दछ । विशेषगरी समाजको रूपान्तरण त्यो देशकोराजनैतिक र सामाजिक अवस्था कस्तो छ त्यसमा निर्भर रहन्छ । राज्य सञ्चालन गर्ने नेतृत्व तहले कम्तिमा राष्ट्रको स्वार्थको लागि राष्ट्रका नागरिकहरूको जनशक्तिको सवालमा निश्वार्थ भावनाले काम गर्न सक्ने हो भने समाजको अवश्य पनि रूपान्तरण हुनसक्छ भन्ने कुरामा जोडदिँदै अहिले विज्ञान तथा प्रविधको युगमा यसको सही सदुपयोग हुन सक्यो भने पक्कै पनि नेपाली समाजको उज्यालो मुहार देख्न सकिने कुरामा उहाँ आशावादी देखिनुहुन्छ ।

यद्दपि, रूपान्तरणका केही सकारात्मक तथा केही नकारात्मक पक्षहरू पनि छन् । समय सापेक्ष आधुनिक प्रविधिसँग खेल्न सक्ने वातावरणको निर्माण गर्न नेतृत्व तहले समयमै सोच्न जरूरी देखिन्छ । अर्कोतर्फ शिक्षा जस्तो क्षेत्रमा काम गर्ने मान्छेहरूले आफू उदाहरणीय र अनुकरणीय बन्नु जरूरी भएकाले सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान पनि बालवालिकाहरूलाई दिइनुपर्दछ भन्ने कुरामा उहाँ अडिक देखिनुहुन्छ ।

राष्ट्रिय स्वाधिनता , अर्थतन्त्र र शिक्षा नीतिका सन्दर्भमा उहाँले फरक दृष्टिकोण राख्दै राष्ट्र भनेकै प्राकृतिक भूगोलसँगै मानवीय भूगोल भएकाले राष्ट्रले चाहेको खण्डमा प्रत्येक नागरिकले बलिदान दिन पछि पर्नु हुँदैन भन्ने कुरालाई अगाडि सार्नुहुन्छ । राष्ट्रप्रति कसैले खराब दृष्टि राख्यो भनेसबै सजग र सचेत बन्नु पर्छ भन्दै अर्थतन्त्र सुदृढ नभई राष्ट्रको विकास हुनसक्दैन भन्ने उहाँको धारणा छ । हरियो वन नेपालको धन उखानमा मात्र सीमित छ । कृषिलाई आधुनिकीकरण गर्न नसक्दा परनिर्भर हुनुपरेको छ । यो दुखद पक्ष हो । हरेक नागरिकमा उद्यमशीलताको विकास भयो भने आर्थिक उपार्जन हुनसक्छ ।

व्यक्तिको आम्दानी बढ्नु भनेकै राज्यको आम्दानी बढ्नु होइन र ? भन्दै न्यौपानेले यस विषयमा गम्भीर भएर लाग्न पनि जोड दिनुहुन्छ । समग्रमा, सदैव सकारात्मक चिन्तन राख्ने, मृदुभाषी, भद्र एवम् शालीन व्यक्तित्वका धनी सफल शिक्षक एवम् समाजसेवी पदम प्रसाद न्यौपानेबाट समाजले आउँदा दिनहरूमा अझ बढी अपेक्षा गरेको छ । यो अपेक्षा उहाँबाट पूरा हुने पनि छ ।
प्रस्तुती डिल्ली बस्नेत संगीत, तुलसीपुर ।

तपाईंको प्रतिक्रिया