तुलसीपुरमा व्यापारिक महोत्सवकाे तयारी पूरा, यसरी हुदैछ उद्घाटन

 मङि्सर १४, २०७९

तुलसीपुर । तुलसीपुरमा  प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सव  संचालन हुदै छ । महोत्सव आयोजक युथ्स अफ तुलसीपुरकाे आयाेजनामा मङ्सिर  १५ देखि २६ गतेसम्म महोत्सव संचालन हुन लागेकाे हाे ।

युथ्स अफ तुलसीपुरको आयोजनामा ओम शान्ति सिनेमा हलको पूर्वतर्फ महोत्सव संचालन हुन लागेको हाे । अनेक अवरोधका बाबजुद मेला सञ्चालन हुदैछ ।

महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका छन । यसैबीच, कृषि तथा ब्यापारिक मेलाको उद्घाटन कार्यक्रम  ठिक ११:३० बजे हुने भएको छ । मेलाकाे उद्घाटन काङ्ग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरिले गर्ने अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो । जसका लागि  प्रभात फेरि गरिने भएकोले सम्पुर्ण संस्थामा आबद्ध पदाधिकरी, सदस्य विभिन्न स्कुलबाट पाल्नुहुने शिक्षक तथा विद्यार्थी ,विभिन्न टोलबिकास संस्था र अन्य संघ संस्थाका ब्यक्तित्वहरु, पत्रकार  शुभचिन्तक तथा शुभेच्छुकमा उपस्थितिकाे लागि आग्रह गरिएको छ । तुलसिपुरको त्रीशिध्देस्वरि मन्दिरबाट झाकि सहित र्यालि सुरु गरिने अध्यक्ष लहरेले जानकारी दिनुभयो ।
यता तुलसीपुर उद्योग वाणिज्य संघले कार्यविधि बनाएर मात्रै तुलसीपुरमा मेला महोत्सव सञ्चालन गर्नुपर्ने माग अघि सारेर बिरोध जनाएको छ । विराेध स्वरुप आज बजार बन्द गरेका थिए ।

तपाईंको प्रतिक्रिया