सुन तोलामा २१०० रुपैयाँ बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको हो । यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा चाँदी ३० रुपैयाँले बढेको छ । मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




तपाईंको प्रतिक्रिया