मंसिर २७ गते विशेष महाधिवेशन प्रस्ताव

 कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर २७ गते पार्टीको विशेष महाधिवेशन गर्नका लागि प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यो मिति प्रस्ताव गरेका हुन् ।

बैठकमा नियमित महाधिवेशनको अध्याय सकिएको जिकिर गर्दै उनले मंसिर २७ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । साथै, उनले अधिवेशनबाट पार्टी नयाा भएर अघि बढ्ने र नयाँ पुस्ताको मागअनुसार पार्टीलाई बदल्ने पनि बताए ।

तपाईंको प्रतिक्रिया