७५३ पालिकामा शिक्षक महासंघको रिले अनसन

 साउन १५, २०७८


तुलसीपुर । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले आज ७५३ पालिकामा रिले अनसन गरेको छ । यसैक्रममा दाङका पालीकाहरुमा पनि अनसन गरेको छ । थारै मात्रामा शिक्षक सहभागी भएर रिले अनसन बसेको शिक्षक संघका थानेश्वर आचार्यले जानकारी दिनुभयो ।

यस्तै, दाङ सहित ७७ वटा जिल्लामा रिले अनसन भएको छ । महासंघको माग अनुसार खोपको व्यवस्थापन बाहेक अन्य मागको सम्बोधन नभएको महासंघका केन्द्रीय महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिनुभएको छ । यसैलाई दबाब दिन वैशाख २० बाट चौथो चरणको आन्दोलन गरिरहेको उहाले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया